ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटार र मानेभञ्ज्याङ गाउँपालिका वडा नं ४ केत्तुकेमा सनराइज बैंकले शाखारहित बैंकिङ सेवा सुचारु गरेको छ । बैंकले रुम्जाटारमा ६५ औँ र केत्तुकेमा ६६ औँ शाखारहित बैंकिङ सेवा सुचारु गरेको हो ।
सनराइज बैंकका सिद्धिचरण शाखा प्रमुख खेमराज रानामगरको अध्यक्षतामा तथा मोलुङ गाउपालिका शाखाका शाखा प्रमुख चुडाराज सुवेदीको उपस्थितिमा दुवै ठाउँमा सो सेवा सुचारु गरिएको थियो । बैंकले शाखारहित बैंकिङ सेवाका लागि रुम्जाटारमा व्यवासायी सानुराम दाहाललाई व्यवसायिक प्रतिनिधिका रुपमा जिम्मेवारी दिएको छ । शो शाखारहित बैंकिङ सेवाको उद्घाटन सिद्धिचरण नगरपालिकाका वडा नं ४ का वडाध्यक्ष रत्नबहादुर गुरुले गरेका थिए ।
यस्तै केत्तुकेको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय व्यवासायी मोहनकुमार तमाङलाई बैंकले व्यवसायिक प्रतिनिधिको जिम्मेवारी दिएको छ । सो शाखारहित बैंकिङ सेवाको उद्घाटन मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले गरेका थिए ।
दुवै स्थानमा पीओएस मेशिन हस्तान्तरण गरिएको छ । सो मेशिनबाट एटीएम कार्डमार्फत आर्थिक कारोबार गर्न मिल्ने सनराइज बैंक सिद्धिचरण शाखाका कर्जा विभाग प्रमुख सुमन दाहालले जानकारी दिए । शाखारहित बैंकिङ सेवामार्फत सनराइज बैंकको खाता खोल्न पनि सकिने बैंकले जनाएको छ ।
