ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । ओखलढुंगामा ६ दिने सहकारी लेखापालन तालिम सुरु भएको छ । जिल्ला सहकारी संघ ओखलढुंगाको संयोजन तथा सहकारी प्रशिक्षालय सुनसरीको आयोजनामा लेखापालन तालिम सुरु भएको हो ।
विहीबारदेखि जिल्ला सदरमुकाममा सुरु भएको तालिममा जिल्लाका दुई दर्जन सहकारी संस्थाका प्रतिनिधि सहभागी छन् । सो तालिमको उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ ओखलढुंगाका अध्यक्ष खिलानाथ दाहालले सहकारी आन्दोलन समाज परिवर्तनका लागि बलियो हुनुपर्ने धारणा राखेका थिए । लोकतान्त्रिक आन्दोलनसँग जोडिएको सहकारी आन्दोलन सहकार्य, एकता, मेलमिलाप र सहयोगबाट मात्रै सम्भव हुने उनले धारणा राखेका थिए ।
सहकारी प्रशिक्षालयका निमित्त प्राचार्य लिलाबल्लभ चापागाईँले कार्यालयले दूरदराजमा रहेका सहकारीको क्षमता अभिवृद्धिका लागि आधारभूत सहकारी लेखापालन तालिमको आयोजना गरेको बताएका थिए ।