ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । ओखलढुंगा कांग्रेसले निर्माण सम्पन्न हुने चरणमा रहेको वीपी स्मृति भवनमा कार्यालय सञ्चालन गरेको छ । आज एक कार्यक्रमका बीच साइत जुराएर कांग्रेसले आफ्नै भवनबाट कार्यालय सञ्चालनमा ल्याएको हो ।
भवन प्रवेश कार्यक्रममा पार्टी सभापति प्रदीपकुमार सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, भवन निर्माण समितिका संयोजक कुमारबहादुर श्रेष्ठलगायतका दर्जनौँ नेता कार्यकर्ता सहभागी थिए । नयाँ भवनमा कार्यालय सञ्चालनमा ल्याएपछि भाडाको भवनमा खुम्चिएर कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था हटेको नेताहरुले बताएका छन् । सो अवसरमा पार्टी सभापति सुनुवारले सबैको आर्थिक सहयोगले भवन निर्माण सम्भव भएको बताए ।