ओखलढुंगा, १२ वैशाख । ओखलढुंगा एमालेका प्रभावशाली नेता सीताराम गुरुङले सिद्धिचरण नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले एमालेमा अपमानित भएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
गुरुङ एमालेको गएको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षमा पराजित भएका थिए ।