ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले नगरक्षेत्र भित्रका संरक्षणविहीन ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो कपडा वितरण गर्न थालेको छ । नगरपालिकाले वार्षिक कार्यक्रम बनाएरै सबै वडामा न्यानो कपडा वितरण अभियान थालेको हो ।
नगरपालिकाले न्यानो कपडाका साथै कम्बल र हर्लिक्स समेत वितरण गरेको जनाएको छ । शुक्रबार सिद्धिचरण नगरपालिकाका ११ र १२ नं वडाका विपन्न ज्येष्ठ नागरिक र बालबालिकालाई सामग्री वितरण गरेर सो अभियानको सुरुवात नगरप्रमुख मोहनकुमार श्रेष्ठले गरेका थिए । आइतबार सिद्धिरचण नगरपालिकाले नगरक्षेत्रका वडा नं ८, ९ र १० नं वडामा सामग्री बितरण गरेको छ ।
नगरपालिकाले सबै वडाका संरक्षणविहीन ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो कपडा वितरण गर्ने जनाएको छ । जसमा संरक्षणविहीन ज्येष्ठ नागरिक ६० जना र असहाय बालबालिका ५१ जनालाई न्यानो कपडा वितरणको तयारी छ ।
'संरक्षणविहीन ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो कपडा वितरण गर्दा प्रभावकारी हुन्छ भन्ने सोचले यो कार्यक्रम राखेका हौँ,' सिद्धिचरण नगरपालिकाका नगरप्रमुख श्रेष्ठले भने, 'यो कार्यक्रम उपयुक्त पनि छ । उहाँहरु न्यानो कपडा पाएर धेरै खुसी हुनु भएको पनि छ । यसले उहाँहरुलाई राहत, प्रोत्साहन र सम्मान मिलेको छ ।'