ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ५ की शान्ता कार्की बुढाथोकीले एकैपटक ३ सन्तान जन्म दिएकी छिन् । प्रसुति गराउन समस्या भएपछि उनलाई आइतबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो ।
शान्ताका श्रीमान् ईश्वर बुढाथोकीले दिएको जानकारी अनुसार उनले २ छोरा र १ छोरी जन्म दिएकी हुन् । फेदीगुठ स्वास्थ्य चौकीमा एक छोरीलाई प्राकृतिक रुपमै जन्म दिएकी उनले अरु २ छोरालाई प्रसुति गराउन नसकेपछि काठमाडौँ लगिएको हो । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाइ उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नि:शुल्क उद्दार गरिएको थियो ।
शान्ताले थापाथली प्रसुती गृहमा २ छोरालाई आइतबार साँझ शल्यक्रियामार्फत जन्म दिएकी हुन् ।
कोभर तस्बिर स्रोत : https://twentytwowords.com/this-woman-gave-birth-to-three-babies-all-within-one-month/?rebelltitem=15