ओखलढुंगा, २८ पुस । सिद्धिचरण नगरपालिका ११ नं वडा कार्यालयले जिल्लाका २ जना होटल व्यवसायी सम्मानित गरेको छ । कार्यालयले ओखलढुंगा होटल व्यवसायी संघका अध्यक्ष थगेन्द्रराज राई र पाथीभरा होटलका सञ्चालक प्रमोदकुमार केसीलाई सम्मान गरेको हो ।
अध्यक्ष राई र सञ्चालक केसीलाई होटल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै हौसला स्वरुप सम्मान गरिएको सिद्धिचरण नगरपालिका ११ वडाका वडाध्यक्ष विनोदकुमार केसीले बताए । ओखलढुङ्गामा होटल ब्यवसायका अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले दुवै होटल व्यवसायीलाई खादा र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले ओखलढुंगामा होटलको विकासमा फड्को आएको बताए । उनले ओखलढुंगा आउने अतिथिहरुलाई ओखलढुंगा सम्झिनेगरी सत्कार गर्न सुझाव दिए ।
आन्तरिक राजस्व कार्यालय, घरेलु कार्यालय र नगरपालिका राजस्व शाखा प्रमुखलगायतको समेत उपस्थिति रहेको थियो ।