ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५ लाख अनुमानित बजेट प्रस्तुत गरेको छ । आजको गाउँसभामा सो बजेट प्रस्तुत गरिएको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष नवराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । उहाँले विद्युत, खानेपानी, गाउँपालिका चक्रपथ तथा कृषिलाई नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा राख्नु भएको गाउँपालिका प्रवक्ता सुजन पौडेलले जानकारी दिनुभयो ।