ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले वडा नं १ तलुवामा रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । आज एक कार्यक्रमका बीच नगर प्रमुख तेजन खनालले न्यानो कपडा वितरण गर्नुभएको हो ।
तलुवामा रहेका करिब १ सय जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कपडा वितरण गरिएको नगरपालिकाका प्रमुख खनालको भनाई छ । खनालको अगुवाइमा जिउँदो इतिहासका रुपमा रहेका ज्येष्ठ नागरिकहरूलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यका साथ नगरपालिकाका सवै वडाहरुमा ज्येष्ठ नागरिहरुप्रति लक्षित विभिन्न कार्यक्रमहरुलाई सञ्चालन भइरहेको छ ।
तलुवामा वितरण गरिएको न्यानो कपडा सिद्धिचरण नगरपालिकाको महिला, बालाबालिका तथा समाज कल्याण उप-शाखा र वडा नं. १ तलुवाको संयुक्त कार्यक्रम अन्तर्गत वितरण गरिएको हो । उक्त कार्यक्रममा नगर उपप्रमुख केदारबाबु बस्नेत र वडा नं १ का वडाध्यक्ष तीर्थबहादुर घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।