ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको खिजिदेम्बा गाउँपालिका र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा किसानलाई कृषि सामग्री वितरण गरिएको छ । कृषि तथा पशु सेवा कोभिड १९ विशेष सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिकाका १८० जना किसानलाई कृषि सामग्री वितरण गरिएको हो ।
सो कार्यक्रम अन्तर्गत कृषि फर्म तथा कृषि समूह मार्फत बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक पोलिहाउस तथा सिंचाइ सेट हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए । यस्तै सोही कार्यक्रम अन्तर्गत गाउँपालिकास्तरीय पशु प्रयोगशाला स्थापनाका लागि आवश्यक यन्त्र, उपकरण र सामग्रीहरुको व्यवस्था र कृषि उपज संकलन तथा बिक्री केन्द्रका लागि सहयोग सामग्री समेत वितरण गरिएको छ । कुल ४९ लाख १७ हजार ५ सय रुपैयाँ लागतमा सामग्री खरिद गरेर कृषि सामग्रीको व्यवस्था तथा वितरण गरिएको हो ।