ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
उत्तम फुयाल, ओखलढुंगा । नेपाली कांग्रेस चम्पादेवी गाउँपालिकाले आयोजना गरेको विरोधसभा चम्पादेवी गाउँपालिका वडा नम्बर ४ फेदीगुठमा सप्पन्न भएको छ । प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभा विघठनको विरोधमा कांग्रेसले विरोधसभा आयोजना गरेको हो ।
विरोध सभामा नेपाली कांग्रेस जिल्ला सभापति प्रदीपकुमार सुनुवार, युवा नेता रामहरि खतिवडा, उपसभापति तेजेन्द्र खनाल, जिल्ला सचिव नवराज केसी, रुद्र अधिकारी, उपसभापति तेजेन्द्र खनाल, महाधिवेशन प्रतिनिधि, बालकृष्ण दाहाल, महासमिति सदस्य कमल तामाङ, जिल्ला समन्वय समिति सभापति जय बहादुर श्रेष्ठ, नेविसंघ, तरुण दल, महिला संघलगायतका नेता कार्यकर्ता सहभागी थिए । सभामा ३ सय नागरिक उपस्थित थिए ।
सो कार्यक्रम नेताहरुले ओली सरकारले गरेका ज्यादती तथा क्रियाकलाप र प्रतिनिधिसभा विघठका विरुद्ध धारणा राखेका थिए ।