ओखलढुंगा, असोज १२ । जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले ७६ वर्षको उमेरमा कोरोना जितेपछि आफ्ना अनुभव समेटेर विज्ञप्ति सार्वजनिक गरेका छन् । उनले आफूले २१ वर्षदेखि उच्च रक्तचाप र १५ वर्षेखि कोलेस्ट्रोल प्रोष्टेटको औषधि सेवन गरिरहेको अवस्थामा पनि कोरोना जित्न सफल भएकाले कोरोना लागिहाले पनि आत्तिनु नपर्ने बताएका छन् ।
उनले पाको उमेरमा कोरोना संक्रमित भएपछि आइसोलेसनमा रहँदा सामान्य व्यायाम, गुर्जो, तुलसी, बेसार, पानी, पौष्टिक आहारा, फलफूल लगायतका दूध, दही, झोलिलो पदार्थ प्रसस्त खाएको अनुभव विज्ञप्तिमा उल्लेख गरेका छन् । साथै उनले डाक्टरको सल्लाह अनुसार भिटामिन पनि खाएको र १५ दिनमा कोरोनामुक्त भएर फर्किएको अनुभव साटेका छन् ।
उनले कोरोना भाइरस लाग्नबाट भरसक जोगिन प्रयास गर्न अपिल गरेका छ्न् । कोरोना लागिहाले पनि नआतिन उनले अनुरोध गरेका छन् । उनले संक्रमितलाई घृणा होइन सहयोग गर्न र मनोबल गिर्ने खालका होइन उच्च हुने शुभ समाचार मात्र जानकारी गराउन भनेका छन् ।
उनले कोरोना संक्रमित भएर उपचाररत रहँदा मिसन अस्पतालकाका सम्पूर्ण टीम, जिल्ला कमाण्ड पोष्ट, आफन्त इष्टमित्र, सहयोगी, शुभचिन्तकहरुले सहयोग शुभकामना र हौसना प्रान गरी मनोबल उच्च राख्न र त्यहाँ रहँदा सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् ।