ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रको दूधकोशी गढतीरमा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझिने क्रम बढेको हो ।
तलुवा क्षेत्रको दूधकोशी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो । सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै गएका छन् । पछिल्ला वर्षहरुमा युवाहरु निर्वाहमुखी खेतीपातीबाट आम्दानी हुन छाडेपछि विदेशिन थालेसँगै त्यसको प्रभाव यहाँको कृषिमा परेको छ । यस क्षेत्रमा कोदो, मकै, मास, बोडी, मस्याङ, गहतलगायतको खाद्यवाली हुने गरेको छ ।
यहाँका बाँझिएका खेतीयोग्य जमिनमा रूख बिरुवा हुर्कन थालेका छन् ।