ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका २ को खानीभञ्ज्याङमा व्यवस्थित पशु बधशाला निर्माण भएको छ । १५ लाख लागतमा पशु बधशाला निर्माण भएको हो ।
बुधबारे हाट नजिकै निर्माण भएको बधशाला प्रदेश १ सरकारमार्फत चिशंखुगढी गाउँपालिकाले निर्माण गरेको हो । बधशाला निर्माण भएपछि हाटमा पशु बध गर्न तथा मासु किनबेचमा सहज भएको पशु बधशाला निर्माण समितिका अध्यक्ष दीर्घबहादुर श्रेष्ठले बताउनुभयो ।
बधशाला निर्माण भएपछि पशु बध गर्दा निस्किएको फोहोर र दुर्गन्ध समेत व्यवस्थापन भएको छ ।