ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
सोलुखुम्बु । बद्री पंगेनीको नामै काफी छ, उनलाई विभिन्न उपमा दिईराख्नु पर्दैन । यद्यपि, उनलाई धेरैले जनताको गायकको रुपमा चिन्छन् भने कतिपयले दोहोरी गायकको रुपमा ।
उनले गाउने गीतमामायापिरतीका कुरा मात्रहुदैन, कहिले जन्मदिने आमाप्रति समर्पित त, कहिले नेपालआमाप्रति समर्पित गीतगाउनमाहिर पंगेनीलेअहिले नेपाल–भारत सिमा विवाद चुलिएकै बेला ‘कोही बोल्दैनन् सिमा मिच्दा’ बोलको खबरदारी पुर्ण गीत गाउन भ्याएका छन् ।
अझैनी, गणतन्त्र आको छैन् है, शहिदको सपना, मुस्ताङमा स्याउ कुहियो, लाउ चेली सिन्दुर लाउँ, खै त नेताज्यू जस्ता जनप्रिय गीत गाएका पंगेनीले यो पटक शिखर गजरकोटेको सृजनामा देशको लागि गीत गाएका छन् ।
गीतमा सिमा मिचिदा पनि बोले जस्तो गर्ने नेपाली नेतागत प्रवृत्ति, व्यवस्था परिर्वतन भएपनि जनताको अवस्थामा सुधार नआएको कुरा र जनचाहना बमोजिम काम नभएको कुरा उठान गर्दै नेता र नेतृत्वलाई खबरदारी गरिएको छ ।
सागर विरहीको संगीत संयोजन रहेको प्रगतीशीलगीतको भिडियोमा बद्री पंगेनी, धर्मराज पोखरेल, दिपेश पोखरेल लगायतले अभिनय गरेका छन् । खेमथापा मगरले छायांकन गरेको भिडियोको सम्पादन तथा निर्देशन विनोद बमले गरेका छन् ।
गजरकोटे हिमाल एफएमका स्टेशन म्यानेजर हुन् भने उनले पानी मिठो यारी खोलाको, बार लाउ है मायाले, तनहूँ गजरकोट, यत्ति कुरा, तरुनी, घर ज्वाँइ, पुर्वेली कान्छीलगायतका दर्जनौ पुर्वेली पश्चिमेली गीत सृजना गरिसकेका छन् ।
गीतको पुरा भागः
ध्यान दिएर सुन नेता ज्यू, जनताले के भनेका छन्
त्यहिकाम छिटो गर नेता ज्यू, जनताले जे भनेका छन्
कोही बोल्दैनन् सिमा मिच्दा
कस्तो हुन्छ घाँटी थिच्दा
नगरिदेऊ बोलेजस्तो
बोल्दा मुटु पोलेजस्तो
ध्यान दिएर सुन नेता ज्यू ....
फेरिएको छ व्यवस्था
जनताको उहि अवस्था
हुने खाने चुस्दै गए
हुदा खानी उस्तै रहे
ध्यान दिएर सुन नेता ज्यू ....
जनताले चाहेको के
जनताले पाएको के
सुख, शान्ति, विकास चाहे
बन्द, हड्ताल, द्वन्द्व पाए
ध्यान दिएर सुन नेता ज्यू ....