ओखलढुंगा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई अन्तर्गत ओखलढुंगामा बाख्रा र आलु जोन सञ्चालन समन्वय समिति पुनर्गठन गरिएको छ । एकाइको परियोजना कार्यान्वयन म्यानुअल २०७३ को व्यवस्था बमोजिम नयाँ समिति चयन गरेको हो ।
बाख्रा जोन सञ्चालन समन्वय समितिको संयोजकमा मानेभन्ज्याङ गाउँपालिका-३ का कमल राई चयन भएका छन् । समितिका सदस्यहरूमा सुनकोसी १ का सन्तोष पराजुली, सुनकोसी ४ का चित्रबहादुर श्रेष्ठ, सुनकोसी २ का इन्द्रमाया मगर, चम्पादेवी १ का खड्गबहादुर मगर, चम्पादेवी २ का नेत्रबहादुर सुनुवार, मानेभञ्ज्याङ ४ का अनिता राई, चिशंखुगढी १ का माधवप्रसाद फुयाल र सिद्धिचरण नगरपालिका १ का गोमाकुमारी खत्री कार्की रहेका छन् ।
यसैगरी, आलु जोन सञ्चालन समन्वय समितिको संयोजकमा सिद्धिचरण नगरपालिका-६ का अमरराज मगर चुनिएका छन् । समितिको सदस्यहरूमा सिद्धिचरण ६ का डम्बरकुमारी मगर, मोलुङ ८ का धनेषकुमार घिसिङ, सिद्धिचरण ७ का बालासरी राई, सिद्धिचरण ५ का छिरिङमा शेर्पा, खिजीदेम्बा ६ का बिर्खबहादुर तामाङ, सोलुदूधकुण्ड नगरपालिका ११ का सर्मिला सुनुवार, चिशंखुगढी ७ का ङाङसारा शेर्पा र सिद्धिचरण ७ का टिकमाया श्रेष्ठ रहेका छन् ।
नयाँ समितिले मुख्य गरी जोन क्षेत्रमा रहेका विद्यमान प्रविधि र पूर्वाधारको विस्तृत अभिलेख तयार गर्न कार्यालयलाई सहयोग गर्ने जिम्मेवारी पाएको छ । समितिले अब जोन अन्तर्गतका कृषक, कृषक समूह, कृषि सहकारी र उद्यमीहरूको विवरण अद्यावधिक गर्नेछ ।
कानुन बमोजिम दर्ता भएका कृषि कम्पनी वा फर्महरूको तथ्यांकलाई व्यवस्थित बनाउँदै कृषकका माग संकलन गरी परियोजना कार्यान्वयन एकाइसम्म पुर्यााउने पुलको काम समेत यी समितिले गर्ने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्र, कार्यक्रम कार्यान्वयन एकाइ, ओखलढुंगाका प्रमुख हेमबहादुर आले मगरले जानकारी दिनुभयो ।
.jpeg)
