ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
घाम, पानी, हावाहुरी
रोगभोगको महामारी
जस्तोसुकै कठिन परिस्थितिलाई
हासेर बिदाइ गर्ने म गरिब श्रमिक !
सरकार
तिमी पिर नमान
म तिमिलाइ
श्रम दिवस मनाउनको लागि मैदानमा
आउ भन्दिन
मात्र तिमी सभा हलभित्र बसेर
विभिन्न सेमिनार र गोष्ठी गरेर
अब श्रमिकले पिर नमान्दा हुन्छ,
हामी यस्तो गर्छौ श्रमिकलाई,
यति बजेट छुट्याउछौँ भनिदेउ
म तिम्ले भनेका अस्वाभाविक शब्दहरू लाई
शब्दकोषमा खोज्दै मुस्कानको आँसुले
हासेर बिदाइ गर्छु
फेरि तिमिले बोलेका वचन किन पुरा भएन ?
यो प्रश्न गर्न आउदिनँ म
किनकि
म सँग त्यत्रो फुर्सद कहाँ हुन्छ र सरकार ??
म मजदुर जस्ले आफ्नो पसिना बेचेर
तिमीलाई महलमा भाषण गर्नका लागि
घाम, पानी, हुरिबतास
मेलापात, रोगभोग
यी सबैबाट बचाउने जिम्मा तिमीले दिएका छौ
त्यसैले सरकार
तिमी पिर नमान
तिमिलाइ श्रमिक दिवस मनाउन
मैदानमा आउ भन्दिनँ
मैले कामलाई
आफ्नो गन्तव्यलाई निरन्तरता नदिए
भन कसरी मनाउछौ श्रमिक दिवस ?
त्यसैले सरकार तिमी पिर नमान
म श्रमिक हुँ
श्रम दिवसको सम्झना नगरी तिमिलाई
महलमै सजाइदिन्छु
रोजगार पनि नदेउ बिन्ती छ
यदि रोजगार दियौं भने भोको कोही रहन्न
जनता भोको भएनन् भने श्रम दिवसको
महत्त्व के नै हुन्छ र ?
कसरी दिन काट्नु श्रमिकले
कहाँ जानू हामी यतिका मानिस
के गरेर महल मा सजाउनु तिमिलाई मैले
त्यसैले भन्दै छु सरकार रोजगार नदेउ है कसैलाई !