ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढीमा कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ । चिशंखुगढी गाउँपालिका ३ को मत परिणाम बराबर आएपछि पुन: मतगणना गर्दा कांग्रेस प्रतिनिधिले मतपत्र च्यातेका हुन् ।
वडामा खसेको १ हजार ७६ मतमध्ये करिब ३ सय मत गनिसकेपछि २ थान बदर भनेर राखिएका मत कांग्रेसका प्रतिनिधिले च्यातेको चिशंखुगढी गाउँपालिकाकी निर्वाचन अधिकृत कमला काफ्लेले बताउनुभयो । मतपत्र च्यातिएपछि प्रहरीले ३ जना कांग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ ।