ओखलढुंगा । प्रदेशसभातर्फको समानुपातिक मतगणना सकिएको छ । मतगणनामा एमालेभन्दा कांग्रेसले ३ सय ५१ बढी मत पाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्यांक अनुसार कांग्रेसले २५ हजार ७९ मत पाएको छ । यस्तै एमाले २४ हजार ७ सय २८ मत सहित दोस्रो स्थानमा छ ।
माओवादी केन्द्रले ५ हजार ९ सय ३३ मत, जनता समाजवादी पार्टीले २ हजार ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १ सय ३० मत र एकीकृत समाजवादी पार्टीले ८ सय १० मत पाएको छ ।
प्रदेशतर्फको मतगणना सकिएसँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना सुरु भएको छ ।