ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । ओखलढुंगाका जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले नयाँ वर्ष २०७७ सालको शुभकामना तथा कोरोना सचेतना म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले ओखलढुंगामै रेकर्डिङ र सुटिङ गरेर म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
गीतमार्फत श्रेष्ठले सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । उनले गीतमै कोरोना सम्बन्धी सचेतना जगाउने कोशिस गरेका छन् । गीत ओखलढुंगा मिडिया प्रालिको युट्युब च्यानल ओखलढुंगाखबर टीभी मार्फत सार्वजनिक भएको हो । श्रेष्ठले बज्दैछ मादलु, मेरो ओखलढुंगा, महादेवथानमा, केवलकारैमालगायतका आधादर्जन बढी गीतहरु यसअघि सार्वजनिक गरेका थिए ।
हेरौँ म्युजिक भिडियो