ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । ओखलढुंगा क्याम्पस ओखलढुंगाले भर्चुअल कक्षा सुरुवात गरेको छ । लकडाउनका कारण पठानपाठन प्रभावित भएपछि क्याम्पसले भर्चुअल कक्षाबाटै पठनपाठन सुरुवात गरेको हो ।
क्याम्पसले ओखलढुंगा क्याम्पस अनलाइन क्लास नामको फेसबुक ग्रुपमा विद्यार्थीलाई जोडेर कक्षा सञ्चाल गरिरहेको छ । हालसम्म उक्त ग्रुपमा एक सयको हाराहारीमा विद्यार्थी जोडिएका छन् । ६ सय विद्यार्थी रहेको सो क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीलाई क्रमशः जोड्नेे लक्ष्य राखिएको छ ।
क्याम्पसले समयतालिका बनाएर ग्रुपमा विषयगत नोटबुक शेयर गर्ने, शिक्षक विद्यार्थी अनलाइन अन्तर्किया गर्ने, अनलाइनबाटै विद्यार्थीलाई सहजीकरण गर्नेलगायतका काम गरिरहेको ओखलढुंगा क्याम्पस ओखलढुंगाका प्रमुख सुमन राजभण्डारीले बताए ।
यो क्याम्पस ओखलढुंगाकै पुरानो क्याम्पस हो । २०४२ सालमा स्थापना भएको ओखलढुंगा क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तर र व्यवस्थापन र मानविकीमा स्नातकसम्म पढाइ हुँदै आएको छ । क्याम्पसले मुख्य विषय लिने विद्यार्थीलाई विषयगत फेसबुक ग्रुप बनाएर पठनपाठन गरिरहेको जनाएको छ ।