ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लामा फ्रन्टलाइनमा खटिने १ हजार ३ सय ३६ जनालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ । भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप माघ १५ गतेबाट लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले ओखलढुंगाखबरलाई बताए ।
फ्रन्टलाइनमा खटिने स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मिडियाकर्मीलगायतलाई खोप लगाउने तयारी भइरहेको तिवारीको भनाई छ । 'खोप ढुवानी तथा जिल्लाभित्र वितरण र भण्डारणको तयारी पूरा भएको छ,' तिवारीले भने, 'माघ १५ बाट रुम्जाटार अस्पताल र चिशंखुगढी गाउँपालिकाबाट खोप लगाउन सुरु गर्छौँ ।'
कोरोनाविरुद्धको खोप भण्डारण र वितरणमा कुनै समस्या नहुने तिवारीले बताए । जिल्लाका सबै स्थानीय तहमा पुगेर कोरोना खोप लगाइने तिवारीको भनाइ छ ।