ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लामा कोभिड १९ विरुद्ध खोप लगाउन सुरु गरिएको छ । आज रुम्जाटार अस्पतालमा एक कार्यक्रमका बीच खोप लगाउन सुरु गरिएको हो ।
आज रुम्जाटार अस्तालका स्वास्थ्यकर्मी, स्वयंसेविकालगायत ७४ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले ओखलढुंगाखबरलाई बताए ।
भोलि ओखलढुंगा सामुदायिक अस्पताल र सिद्धिचरण नगरपालिकाका स्वास्थ्यकर्मीलाई कोभिड १९ विरुद्धको खोप लगाउने कार्यक्रम छ ।