ओखलढुंगा, १० भदौ । ओखलढुंगामा आज विहीबार ६ जनामा संक्रमण पुष्टि भएको छ । २२ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले दिएको जानकारी अनुसार आज संक्रमण पुष्टि भएका संक्रमित सिद्धिचरण नगरपालिकाका २ जना र सुनकोशी गाउँपालिकाका ४ जना रहेका छन् । आज ५ जनाले कोरोना जितेका छन् ।
जिल्लामा कुल कोरोना पुष्टि भएको संख्या २ हजार ८० पुगेको छ । यस्तै सक्रिय संक्रमित १ सय ६२ रहेका छन् ।