ओखलढुंगा, ३० पुस । जिल्लामा आज शुक्रबार २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज संक्रमित हुने दुवैजना पुरुष सिद्धिचरण नगरपालिका ११ का रहेका छन् ।
यससँगै जिल्लामा संक्रमण हुनेको संख्या ६ पुगेको छ । जसमा सिद्धिचरण नगरपालिकाका ५ जना र चिशंखुगढी गाउँपालिकाका १ जना रहेका छन् ।