ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर सम्बन्धी नि:शुल्क परीक्षण शिविरमा ६ सय २६ जना महिलाले सेवा लिएका छन् । शिविर हिजो र आज सञ्चालन भएको थियो ।
शिविर नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौँसँगको समन्वयमा सञ्चालन भएको थियो । शिविर सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) पहलमा नगरपालिकाबाट आयोजना भएको हो ।