ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । युगकवि सिद्धिचरण श्रेष्ठको* १०९ औँ जन्मजयन्तीको अवसरमा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले शालिकमा माल्यार्पण गरेका छन् । युगकवि श्रेष्ठको जन्मस्थान ओखलढुंगामा रहेको शालिकमा मेयर श्रेष्ठले माल्यार्पण गरेका हुन् ।
कोरोना कहरकाबीच मेयर श्रेष्ठले युगकविको योगदानको सम्मानमा आज विहान माल्यार्पणमा गरेका थिए । मेयर श्रेष्ठसहित सिद्धिचरण संग्राहलय समितिका कार्यबाहक अध्यक्ष रुपेश शाक्य, सचिव ध्रुव राजभण्डारी, सिद्धिचरण नगरपालिका वडा नं १२ का वडाध्यक्ष विनाेदकुमार श्रेष्ठ, नेकपा ओखलढुंगाका संगठन विभाग प्रमुख नेत्रप्रसाद भट्टराई, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केलगायतले समेत माल्यार्पण गरेका थिए ।
माल्यार्पणमा सहभागीहरुले युगकवि सिद्धिचरण श्रेष्ठले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
*सम्पादन गरिएको