ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, माघ ५ । जिल्लामा प्रचण्ड-माधव पक्षको विद्यार्थी संगठन पुनर्गठन भएको छ । अनेरास्ववियु ओखलढुंगाको विस्तारित बैठकबाट लक्ष्मण राउतको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरिएको हो ।
पुनर्गठित अनेरास्ववियुको उपाध्यक्षमा चम्बु फुयाल, सचिवमा सुशान्त लामा, सह सचिवमा समीक्षा खड्का, अभिनास कार्की, धनराज चौलागाइँ र कोषाध्यक्षमा कमलप्रसाद धमला रहेका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथ जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष मोहन खड्का, जिल्ला कार्यालय सदस्यहरु नेत्रप्रसाद भट्टराई, हर्कबोल राईलगायतको उपस्थितिमा पुर्नर्गठित अनेरास्ववियुको स्थानीय तहस्तरीय संयोजक र उपसंयोजक समेत चयन गरिएको छ अनेरास्वियुका केन्द्रीय सदस्य दीपक फुयालले जानकारी दिए ।