ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । प्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेसले भोलि सोमबार मोलुङ गाउँपालिका ३ प्राप्चामा विरोधसभा गर्ने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजना तथा कांग्रेस मोलुङ गाउँ कार्य समितिको सह आयोजनामा विरोधसभा हुने भएको हो ।
विरोधसभा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यता तथा संविधानसभा सदस्य एवं कांग्रेस नेता रामहरि खतिवडा र बालकृष्ण दाहालको विशेष आतिथ्यतामा हुने कांग्रेसको मोलुङ गाउँपालिका सभापति गोपिकृष्ण कार्कीले जानकारी दिए ।