ओखलढुंगा, १० वैशाख । आउँदो स्थानीय तहको निर्वाचनमा सिद्धिचरण नगरपालिकाको मेयरमा कांग्रेसबाट तेजेन्द्र खनालको उम्मेदवारी हुने भएको छ । खनाल ओखलढुंगा कांग्रेसका सभापति समेत हुन् ।
उप मेयर पदमा भने माओवादी केन्द्रबाट रुपेश शाक्यले उम्मेदवारी दिँदैछन् । सिद्धिचरण नगरपालिकामा सत्तारुढ कांग्रेस-माओवादी केन्द्र गठबन्धन हुने भएको छ ।