ओखलढुंगा, ११ वैशाख । जिल्लाको सिद्धिचरण नगरपालिका ६ जन्तरखानीमा एमाले त्यागेर ५ जना कांग्रेस प्रवेश गरेका छन् । स्थानीय आङकामे शेर्पा, पेम्बा शेर्पा, छिरिङ शेर्पा, छिरिङ शेर्पा (अर्का) र अम्मर दुराल कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेसका वडा सभापति हर्कबहादुर मगर, नेताहरु जंगबहादुर मगर, आङबाबु शेर्पा, टोपबहादुर मगर, दिनेशकुमार मगरलगायतको उपस्थितिमा उनीहरुलाई कांग्रेस प्रवेश गराइएको हो । उनीहरुलाई खादा, सिँदुरले स्वागत गरिएको थियो ।