ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज केसी विजयी भएका छन् । यस्तै उपाध्यक्ष पदमा एमालेबाट दिलामाया मगर विजयी भएकी छिन् ।
केसी यसअघि पनि चम्पादेवी गाउँपालिकाको अध्यक्ष थिए । उनले गाउँपालिका अध्यक्ष हुँदा विकासवादी नेताको रुपमा पहिचान बनाएका थिए । केसीले ४ हजार ७ सय १५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी खड्गबहादुर कार्कीले ४ हजार ६ सय १३ मत ल्याए । उपाध्यक्ष पदमा एमालेका दिलामायाले ४ हजार ६ सय १३ मत ल्याइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी कुषा मगरले ४ हजार ४ सय ४७ मत पाइन् ।
चम्पादेवी गाउँपालिकाका १० वडामध्ये ७ वटा वडाको वडाध्यक्ष पदमा कांग्रेस विजयी भएको छ । यस्तै २ वटा वडामा नेकपा एमाले र एउटा वडामा माओवादी केन्द्र विजयी भएको छ ।