-दीर्ग खत्री
कोरोनाको कहरमा गरेन पैसाले काम
कोरोना महमारीको विश्वव्यापी संक्रमणका सन्देशकाबीच सावधानी आपनाएर आफ्ना दैनिक गतिविधिलाई निरन्तरता दिन निक्कै प्रयास गरिरहेको थिएँ । प्रयासहरु फिक्का सावित हुँदै लकडाउनका कारण थुप्रै दैनिक कामकाज प्रभावित भइरहेका थिए । सबै यात्राहरु प्रभावित भएका थिए । घरबसाइका क्रममा एक्कासी भाद्र १८ गते वेलुका ज्वरो र शरिरका जोर्नी खपिनसक्नु गरी दुख्यो । यो क्रम ४८ घण्टा रह्यो । १९ गते रातीसम्म ज्वरो र शरिरका जोर्नी दुखाई कम भइसकेको थियो, तर पनि कोरोना संक्रमण हुन सक्छ भन्ने आशंका भएकाले २१ गते स्वाब टेष्टका लागि पठाइयो । भाद्र २३ गते खबर आयो जिल्लाभरीमा मलगायत ९ जनालाई कोरोनाको सक्रमण देखिएको छ । म एक्कासि छाँगाबाट खसेझै भएँ । मसँगको सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेँ । आफू पनि सुरक्षित भएँ । आइसोलेसन बस्न सामुदायिक अस्पताल लागेँ । स्वस्थ्य अवस्था सामान्य रहेकोले मैले कुनै पनि औषधीको प्रयोग गर्नु परेन । भाद्र २८ गते जिल्लामा एकैपटक १८ जना संक्रमित थपिए ।
ओखलढुंगामा रहेका आइसोलेसन बेड अभाव भइसकेको थियो । सोही दिनको मध्यरातमा संक्रमित एक महिला राति १२:४५ बजे प्रसुति व्यथाका कारण प्रताडित भइन् । उनको उद्दार गर्न सँगै आइसोलेसनमा रहेका पार्टी सभापति प्रदिप सुनुवारलाई खबर आयो । उनको उद्दारको लागि प्रयात्न गर्यौ । त्यो रात तिनै महिलाको उद्धारमा बित्यो । आइसोलेसनको प्रसुति कक्षमा पुर्याउने बित्तिकै उनी छोराकी आमा बनिन् । उनको व्यवस्थापनको खातिर म २९ गते रुम्जाटार अस्पतालको आइसोलेसनमा जाने निधो गरेँ ।
खानपानको व्यवस्थापन
हामीले खानेकुराको जोहो गरेका थिएनौं । कोरोनाको कहर फैलिएसँगै बजार पसल लगायत सबै क्षेत्र ठप्प भएँ । साथमा पैसा भएर पनि कुनै खानेकुरा किन्न सकिने संभावना थिएन । पोषिलो खानेकुरा खान पाउने संभावना नै थिएन । सरकारी निति अनुरुप दैनिक ४ पटक पोषिलो खानेकुरा खानुपर्ने व्यवस्था कार्यन्वयन गर्न सकिएन । आइसोलेसनमा दालभात तरकारीले ११ दिनसम्म दैनिकी गुजार्ने प्रयास गरियो । हामीलाई फलस्वरुप दोस्रो पटक संक्रमण दोहोरियो । बर्णालु र रुम्जाटारमा रहेका सबै साथीभाईसँग हारगुहार गरियो । दैनिक लोकल कुखुराको र खसीको सुप, हरियो साग सब्जी, सुप अण्डा, बजारमा पाइने रेडिमेट सुप, मह, हर्लिक्स, काजु, आल्मोन, बेसारपानी, अदुवापानी, दुध, फलफुल आदि खानेकुरा खाइयो । तुलसीको पात, गुर्जो, आयुर्वेदिक औषधि र अस्पतालले दिएका भिटामिन ट्ब्लेट नियमिति सेवन गरियो । दिनमा ३ पटक फरक/फरक फ्लेबर भएको तातोपानीको बाफ लिने गरियो । शारिरिक व्यायम व्यवस्थित ढंगाले नियमित गरियो । फलस्वरुप संक्रमणमुक्त हुन सफल भइयो ।
रिर्पोटको प्रतीक्षा
ओखलढुंगाको पीसीआर रिर्पोट आउन छिटोमा ३ देखि ५ पाँच दिन लाग्ने रहेछ । नजिकको ल्याब धुलिखेलमा स्वाब पुर्याउन सहज सवरी साधनको अभाव रहेछ । संक्रमितलाई पीसीआर टेष्ट भएका दिनदेखि रिर्पोटको कहर शुरुहुँदो रहेछ । मेरा लागि ४ पटकसम्म रिर्पोटको प्रतिक्षा अवधि कष्टकर नै रह्यो । शुरुमा परिवारका सबै सदस्य ४ जनालाई संक्रमण देखिएपछि आफू विछिप्त बनेँ । असोज ८ गते दोस्रो रिर्पोट पनि परिवारका सबै सदस्यको संक्रमणमुक्त नभएको खबरले खपिसक्नु भएन । परिवार नै सखाप भएको आभास भई स्तब्ध बनायो । तर आफू विचलित भइनँ । असोज १३ गते डाक्टर र जिल्ला स्वस्थ्य प्रमख सुमन तिवारीले बोलाएँ र अत्यन्तै मर्माहित हुँदै परिवारका सदस्यहरु लगायत सबै सक्रमणमुक्त भएँ ।
तेस्रो रिर्पोट अध्ययन गर्न दिएर भने जिल्लाभरीमा तपाईँ मात्र संक्रमित हुनुहुन्छ । आफुले त्यसलाई सहज रुपमा लिने अभ्यास गरेँ । शुसीला लगायत ४ जना बसेर खबर सुनाएँ । सबै स्तब्ध भए, नआत्तिन आग्रह गरेँ । उनिहरुलाई घरमा जान सुझाउदै आफू सामुदायिक अस्पतालको आइसोलेसनमा बस्ने निधो गरेँ । चौथो रिर्पोटको प्रतीक्षा मेरो लागि थप पीडादायी थियो । आइसेलेसन बसाईको ३० दिनका दिन १९ गते १ बजे चौथो पटक भने मलाई कोरोना संक्रमणमुक्त भएको खबर प्राप्त भयो । म फुरुंग हुँदै खुशी साट्न शुरु गरें ।
आइसोलेसनको व्यवस्थापन
सामुदायिक अस्पतालमा दिनमा दुइपटक स्वस्थ्यकर्मीले गर्ने स्वस्थ्य जाँच र दिन विराएर विषेशज्ञ डाक्टरले दिएको सेवाले मनोवैज्ञानिक रुपमा कोरोना जित्न सहज बनायो । रुम्जाटारमा डाक्टरहरुको लागि बन्दै गरेको क्वाटरलाई आइसोलेसन बनाएको हुँदा सुविधा सम्पन्न रहको आशा थियो, तर ठेकेदारका कारण कुरुप रहेछ, कोठाहरुमा पानीको आहाल बनेका थिए । अस्पतालका कर्मचारी र स्वस्थ्य कार्यालय प्रमुखको समन्वयमा आधारभूत समस्या साधान गरियो । आइसोलेसन सुधार्न टीमको अत्यन्तै राम्रो साथ पाइयो ।
परिवारका सबैलाई दोस्रो पटक पनि संक्रमण देखिएपछि स्वस्थ्य परिक्षणको व्यवस्था मिलाउन अस्पताल प्रशासनसँग अनुनय विनय गरेँ । आइसोलेसनमा स्वस्थ्य जाँचको कुनै प्रबन्ध भएन । ममा शुरुदेखि नै कोरोना सहज मुक्त हुने विश्वसमा कमी आउन दिइनँ । विभिन्न सञ्चारमाध्यमबाट परिवारका सदस्य शुभेच्छुक शुभचिन्तकहरुलाई आफुले कोरोना छिट्टै जित्ने आत्मविश्वास प्रवाह गरिरहेँ ।
अन्ततः टेलिमेडिसियन सेवा नै कोरोना जित्न अस्त्र बन्यो । ७ दिनको सामुदायिक अस्पतालको एक्लो बसाई र अस्पतालको सेवाले कोरोना जित्न सहज बनायो ।
समुदायको सद्भाव
कतिपयले कोरोनाको प्रवाह नै नगरी सहयोग गरि रहे । उनिहरुप्रति म सधैं नतमस्तक छु । कोभिड १९ सरुवा संक्रमण भएकोले स्वस्थ्य मापदण्ड पालना गर्न संक्रमितलगायत सबैका लागि महत्वपुर्ण छ । आफू सुरक्षित रहन खोज्नु ठिकै हो, तर मापदण्ड भन्दामाथि उठेर स्वस्थ्यकर्मी र समुदायले गर्ने अपमानले कतै आफूले ठुलो अपराध त गरेको छुइन ? भन्ने प्रश्न खडा भइरह्यो । त्यही भीडमा रहेका कतिपयले भने आफूलाई कुर्वानी गरेर सहयोग पुर्याए । भनिन्छ संकटका बेलामा सच्चा साथीको पहिचाहन हुन्छ, असल मित्रको पहिचान गर्ने अवसर पनि मिल्यो । त्यही व्यवहारका कारण भोलीका दिनमा कोरोनाको कहर मेटाउन कुनै कसुर बाँकी राख्दिनँ भन्ने आफूलाई दृढ संकल्पित बनाएँ ।