ओखलढुंगामा “यामाहा मेगा एक्सचेन्ज” ओखलढुंगामा आज मंसिर २५ गतेबाट सुरु भएको छ। ओखलढुंगा रमाइलो डाँडास्थित, एभरेस्ट होटलको प्रागणमा सञ्चालन भएको यामाहा मेगा एक्सचेन्ज पुस १ गतेसम्म चल्नेछ ।
यस इभेन्टमा कुनै पनि ब्रान्डका पुराना बाइक साट्न सकिने, न्यूनतम रू. २५ हजार मूल्याङ्कन, बाइक एक्सचेन्जमाथि अतिरिक्त रू. १० हजार बोनस, तथा ग्यारेन्टर नचाहिने ७ दशमबल ९९% फाइनान्सिङ सुविधा उपलब्ध गराइने यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले जनाएको छ ।
ए.आर.ए.आई.–प्रमाणित ७१ दशमलब ३३ किमिपिअल माइलेजसहितको नेपालकै उच्चतम माइलेज दिने यामाहा रे–जेडआर १२५ एफ–आई हाइब्रिड, स्पोर्टी र ट्रयाक–इन्स्पायर्ड यामाहा आर–१५ भी–४, बोल्ड स्ट्रिट लुकका एमटी–१५ भी–२ र एफजेड भी–३ सिरिज, स्पोर्टी डीएनए भएको एअरोक्स १५५ र अफ–रोडका लागि डब्लू–आर १५५–आर लगायतका मोडेलहरूले यामाहाको इभेन्टलाई अझ आकर्षक बनाएको छ ।
यामाहा मेगा एक्सचेन्ज इभेन्ट केवल बाइक साटासाट मात्र होइन, परिवार र साथीहरूलाई लिएर सहभागी हुन मिल्ने एक पूर्ण उत्सव पनि हो। ओखलढुंगामा एकै ठाउँबाट एक्सचेन्ज, अपग्रेड र उत्सवको रमाइलो अनुभव गर्न चाहनेका लागि यो उत्कृष्ट अवसर हुनेछ ।
अत्याधुनिक प्रविधि, विश्वासिलो इन्जिनियरिङ र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल देशभरका राइडरहरूलाई निरन्तर नयाँपन र विश्वस्त सेवा प्रदान गर्दै आएको छ ।
थप जानकारीका लागि एमएडब्लु ग्रुपको सम्पर्क नम्बर ९८४०९२३२८७, ९८०१५००७५१, ९८४३६०५७२० मा सम्पर्क गर्न सकिनेछ ।