ओखलढुंगा । भारतले सीमा मिचेको र नेपाली भूमिमा सडक बनाएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाल प्रेस युनियन ओखलढुंगाले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै युनियनले यस्तो माग गरेको हो ।
नेपाल प्रेस यनियन ओखलढुंगाले १८१६ को सुगौलि सन्धीलाइ लत्याउदै भारतले कालापानी, सुस्ता, लिपुलेक, लिम्पीयाधुरा, दशगजा क्षेत्र लगायत सिमानामा पर्ने ५१ हजार हेक्टर नेपाली जमिन मिचिसकेको र पछिल्लो पटक दार्चुला स्थित लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने बाटो बनाउदा १९ किलोमिटर नेपाली भूमि मिचेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले एकपक्षियरुपमा सडक उद्घाटन गरी पूनः मिचाहा प्रबृतिलाई निरन्तरता दिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा एउटा असल छिमेकीले अर्को छिमेकीलाई परेका अप्ठ्यारा सप्ठ्यारामा साथ सहयोग गर्नुपर्नेमा नियतवश कहिले बाँध भत्काउने, कहिले जङ्गे पिल्लर सार्ने, कहिले कालिखोला समेत आफ्नो भूगोलमा हालेर राजनीतिक नक्सा बनाउने लगायतका भारतीय हर्कत नेपालप्रति गरिएका हेपाहा र मिचाहा प्रबृति भएको दावी गरिएको छ । विज्ञप्तिमा 'यस्ता प्रबृति हामीलार्ई सह्य नहुँने हुँदा नेपाली जनता टुलुटुलु हेरेर बस्ने अवस्थामा छैनन् । आफ्नो मातृभूमि र राष्ट्रियताका निम्ती मिचाहा प्रबृतिका विरुद्धमा जस्तो सुकै संघर्ष गर्न तयार रहेकोे कुरा भारतीय सरकारलाई अवगत गराउदै हाम्रो जमित तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौ ।' भनिएको छ ।
अध्यक्ष जीवन शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतद्धारा अतिक्रमित भूमि र नेपालको सिमाका विषयमा नेपाल सरकारले उच्चस्तरिय राजनीतिक तथा कुटनितिक तवरबाट समस्या समाधान गर्न नसक्नु नेपाल सरकारको लाचारीपन भएको उल्लेख गरिएको छ । भारतका प्रधानमन्त्री पटक पटक नेपाल आउदा र नेपालका प्रधानमन्त्री, राष्ट्रपति भारत जादा सिमा समस्याका बारेमा कुटनीतिक समाधान सहित राष्ट्रीय स्वाधिनताका बारेका बोल्न नसक्नु नेपाल सरकारको कमजोरी मात्र नभइ भारतप्रतिको लम्पसारवाद भएको उल्लेख गरिएको छ ।
भारतले जवरजस्ती नेपाली भूमि मिचेर एकतर्फी सडक बनाउने, पिल्लरहरु सार्ने, राजनीतिक नक्सा निकाल्ने सम्मका हर्कत गर्दा आफ्नो मातृभूमिको सुरक्षा गर्न नसक्ने, भारतिय मिचाहा प्रबृतिको खण्डन गरेजसो गर्ने र नेपालको राजनीतिक नक्सा निकाल्न समेत नसक्नुले वर्तमान सरकार जनता र राष्ट्रप्रति उत्तरदायि नभएको नेपाली जनताले पुष्टि भइसकेको विज्ञप्तिमा दावी गरिएको छ ।