ओखलढुंगा, २८ जेठ । जिल्लाका बैंक तथा वित्तीय संस्थाहरू अबदेखि विदाबाहेक प्रत्येक दिन खुल्ने भएका छन् । कोरोना संक्रमणको जोखिम देखिएसँगै बन्द भएका र पछि आंशिक खुलेका जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु नियमित खुल्ने भएका हुन् ।
प्रशासन कार्यालये दैनिक खुल्ने बैंक तथा वित्तीय संस्थाको सेवा समय निर्धारण गरेको छ । ती संस्थाहरु विहानको १० बजेदेखि दिउँसोको १ बजेसम्म खुलाउन कार्यालयले सूचना जारी गर्दै निर्देशन दिएको छ ।