ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपलिकामा मोलुङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । मोलुङ गाउँपलिकाका अध्यक्ष मणिराज राईको प्रमुख आतिथ्यता तथा मोलुङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द राईको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रम केन्द्रीय सहकारी संघका अधिकृत सुमन बोहोराको उपस्थितिमा भएको थियो । अन्तर्राष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धन्तहरूका आधारमा सीमान्तकृत ग्रामीण समुदायक वा बिपन्न साधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी प्रबिधि तथा प्रतिभालाई स्वाबलम्बनमा आधारित एकीकृत गदै सदस्यहरूको आर्थिक सामाजिक तथा सांस्कृतिक उत्थान गर्ने सहकारीको उद्देश्य रहेको छ । सबै कृषकलाई सहयोग पुर्याउन आवश्यक भएकाले सहकारी ऐन २०७४ को दफा १५ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी मोलुङ साना किसान कृषि सहकारी संस्था लिमिटेड २०७७ माघमा स्थापना भएको हो ।
हाल यस सहकारी संस्थामा १ सय ९० जना भन्दा बढी शेयर सदस्य रहेका छन् । यस संस्थाको शेयर पुजी एक लाख अन्ठानब्बे हजार रहेको रहेको छ ।
सहकारीले शेयर पुँजी ३० लाख पुर्याउने लक्ष्य लिएको छ । सहकारीको आन्तरिक स्रोत भने ३० लाख रहेको सहकारीका अध्यक्ष गोविन्द राईले जनाकारी दिए ।