ओखलढुंगा । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन माग गर्दै ओखलढुंगाका व्यवसायी काठमाडौँमा पुगेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा गरिएको प्रदर्शनमा ओखलढुंगा उद्योग वाणिज्य संघले पनि साथ दिएको छ ।
आज राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा देशभरका उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका थिए । ओखलढुंगा उद्योग वाणिज्य संघबाट सचिव निबन्द श्रेष्ठलगायतका व्यवसायी सहभागी हुनुभएको थियो । प्रिमियम दर वृद्धि नियन्त्रन गर, बैंकिङ आतङ्क बन्द गरलगायतका प्लेकार्ड बोकेर विरोध प्रर्दशन गरिएको थियो ।