ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाँपालिकाको सातौँ गाउँसभा उद्घाटन भएको छ । आइतबार गाउँपालिका केन्द्र शेर्नामा गाउँसभामा गाउँपालिका अध्यक्ष निशान्त शर्माले आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कोरोना भाइरसको चुनौती सामाना गर्नका लागि समन्वयात्मक भूमिका खेल्दै राहत, उद्धार एवं पुनर्स्थापनाका लागि विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रहरुलाई प्रभावकारी बनाउन प्रकोप व्यवस्थापन कोषलाई सुदृढीकरण गरी रकम विनियोजन गर्ने, चिशंखुगढी गाउँपालिकाको आवधिक विकास योजनाले निर्दिष्ट गरेको “कृषि, पर्यटन र दिगो पूर्वाधार, चिशंखुगढी गाउँपालिकाको वलियो आधार” को आकांक्षालाई पुरा गर्ने, आवधिक विकास योजनाले निर्दिष्ट गरेका लक्ष्य,उद्देश्य, रणनीति कार्यनीतिहरुलाई मार्गदर्शकको रुपमा लिदै योजनाहरुलाई प्राथमिकीकरण गरी विकासका कार्यक्रमहरु अगाडी बढाउन, जातीय सामाजिक, साँस्कृतिक विविधताका बीचमा भावनात्मक एकता कायम गर्दै आर्थिक, सामाजिक र मानव संशाधनको विकासलाई जोड दिदै जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी सहित गाउँपालिकाको विकासको निर्दिष्ट लक्ष्य तथा उद्देश्य पूरा गर्नेलगायतका विषय समेटिएका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्ष सुस्मिका राईले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट बक्तव्य प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाको बजेटमा संघीयता कार्यान्वयन, दीगो पूर्वाधार विकास, सामाजिक तथा आर्थिक विकास, कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण, रोजगारीको अवसरहरुमा बृद्धि, सहभागितामूलक योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइमा लगानी, सडक तथा पुल निर्मा, पर्यटन पूर्वाधार विकास र प्रबर्द्धन, बैंक तथा वित्तीय संस्थाहरुको स्थापना र व्यवस्थित सञ्चालन, वन तथा जलाधार संरक्षण, अत्यावश्यक उपभोग्य वस्तुहरुको सुदृढ आपूर्ति र वितरण प्रणाली र सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधारलगायतलाई प्राथमिकता दिइएको छ ।
गाउँसभाबाट आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ करोड ८२ लाख ९० हजार १ सय ८९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।
चिशंखुगढी गाउँपालिकाको
नीति तथा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस्
बजेट हेर्न यहाँ क्लिक गर्नुहोस्