ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङ साहित्य सिर्जना कर्ममा समेत अभ्यस्त हुनुहुन्छ । उहाँले सिर्जना गर्नुभएको पाँचथर चिनाउने गीत 'पूर्वै पाँचथर' हालै सार्वजनिक भएको छ ।
चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको उक्त गीत ‘दिल्स् क्रियशन’ मार्फत् सार्वजनिक भएको हो । पूर्वेली लोक लयमा रहेको गीतको संगीतकार तारावीर पाण्डे हुनुहुन्छ । संगीत संयोजन भने आदेश गुर्मछानेले गर्नुभएको हो । जस्केला क्रियशनले लिरिकल भिडियोसमेत तयार पारेको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङको घर पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्ब्रुङ हो । जन्म जिल्ला पाँचथरको प्राकृतिक, सांस्कृतिकलगायत अमूल्य निधिहरूको उजागर गीतसङ्गीतमार्फत् गरी जिल्लाको पहिचान र गरिमालाई माथि उठाउने जमर्को गरेको उहाँले बताउनुभयो ।
हेरौँ गीत