ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले मोलुङ गाउँपालिकाले स्वास्थ्यकर्मी व्यापक रुपमा परिचालन गरेको बताएका छन् । उनले ओखलढुंगाखबरसँगको कुराकानीमा बताएका हुन् ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणको तयारीका लागि गाउँपालिकाले स्वास्थ्य शाखाका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय जनचेतना अभिवृद्धि समिति गठन गरिएको राईले बताए । यस्तै जनचेतनाकै लागि वडास्तरीय समिति समेत गठन गरिएको छ । जसका लागि स्वास्थ्य संस्थाका ईञ्चार्ज, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका र विद्यालयका प्रधानाध्यापकहरुलाई समावेश गरेर परिचालन गरिएको छ ।
पर्चा, पम्प्लेट, माइकिङलगायतबाट प्रचारप्रसारका काम गाउँपालिकाले गरिरहेको छ । अध्यक्ष राईका अनुसार गाउँपालिकाले पर्याप्त मात्रामा मेडिकल सामग्री जोहो गरिसकेको छ । गाउँपालिकाले १ महिना पुग्ने खाद्य सामग्रीको पनि जोहो गरेको उनको भनाई छ ।
हेरौँ मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईको भनाई जस्ताको तस्तै