-सुमन कट्वाल
चिशंखुगढी, कात्तिक ७ । वर्षाका कारण भित्र्याउने बेलाको धानबालीमा क्षति पुगेपछि चिशंखुगढीका किसान चिन्तित भएका छन् । वर्षाले धान झार्नुका साथै बोट समेत ढालेपछि यहाँका किसानमा चिन्ता थपिएको हो ।
भित्र्याउने बेलाको बालीमा क्षति पुगेपछि रुनु न हास्नुको अवस्था भएको चिशंखुगढी गाउँपालिका वडा नं ४ का किसान मेखबहादुर कट्वालले बताए । 'धानको बोट एउटा पनि ठाडो छैन, सबै सोतर भएको छ,' कट्वालले भने, 'खेतभरी पानी टहलपहल भरिएको छ ।'
चिशंखुगढी गाउँपालिकाका धेरैजसो क्षेत्रमा धानबाली नष्ट भएको किसानले बताएका छन् ।