ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्था पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोप हुने अवस्थामा पुगेको हो ।
जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गर्छ । जसमा वार्षिक ८४ मेष्ट्रिक टन फापर उत्पादन हुँदै आएको छ ।
अौषधीय गुण भएको फापरको उत्पादन सीमित हुँदा जिल्लाका हाटबजारमा माग उच्च छ । सहरी क्षेत्रमा फापरबाट रोटी, ढिँडोलगायतका परिकार तयार गरी खाने चलन बढे पनि यो खेती गर्ने किसानको संख्या न्यून छ ।