ओखलढुंगा, असोज २६ । ओखलढुंगामा पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीका विद्यार्थी संगठनबीच एकता भएको छ । दुवै पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएपछि हालै विद्यार्थी संगठनको एकता जिल्लामा भएको हो ।
नेकपा एमालेको अनेरास्ववियु र नेकपा माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटीको एकता भएर अशेष श्रेष्ठको संयोजकत्वमा ४५ सदस्यीय अनेरास्ववियू ओखलढुंगा जिल्ला कमिटी एकता गरिएको छ । जसमा सहसंयोजक चम्बु फुयाल रहेका छन् ।
सोही अवसरमा ७ सदस्यीय कार्यालय बनाउने कमिटी र १५ सदस्यीय सचिवालय कमिटी समेत गठन गरिएको छ । क्याम्पस कमिटी र स्थानीय कमिटीको नाम पछि सार्वजनिक गर्ने तयारी गरिएको जनाइएको छ ।


