ओखलढुंगा, ५ साउन । आउँदो साउन ३१ गतेबाट कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । आज बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुने छ । परीक्षा होम सेन्टरबाटै दिन पाउने व्यवस्था गरिएको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।