ओखलढुंगा, १२ भदौ । ओखलढुंगामा आज शनिवार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले दिएको जानकारी अनुसार आज संक्रमण पुष्टि भएका संक्रमित सिद्धिचरण नगरपालिकाका ४ जना र सुनकोशी गाउँपालिकाका ३ जना रहेका छन् । आज कोरोना जित्ने शुन्य छन् ।
जिल्लामा कुल कोरोना पुष्टि भएको संख्या २ हजार १ सय १ पुगेको छ । यस्तै सक्रिय संक्रमित १ सय ८३ रहेका छन् ।