ओखलढुंगा, २९ पुस । जिल्लामा फेरि कोरोना बढ्न थालेको छ । जिल्ला कोरोना मुक्त भएको २ महिनापछि पुन: कोरोना देखिन थालेको हो ।
मंगलबारयता जिल्लामा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले ओखलढुंगाखबरलाई बताए ।
पन्तका अनुसार मंगलबार २ जनामा, बुधबार १ जना र आज विहीबार सिद्धिचरण र चिशंखुगढीका १-१ जनामा कोरोना पुष्टि भएको छ ।