ओखलढुंगा । ओखलढुंगामा डेंगुको सक्रिय संक्रमितको संख्या १७ पुगेको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा भएको स्वास्थ्य जाँचबाट १७ जनामा डेंगु संक्रमण देखिएको हो ।
संक्रमित मध्ये १४ जनालाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको र बाँकी सामान्य उपचारपछि घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले डेंगु र कोरोणको लक्षण मिल्दो जुल्दो देखिने भएकाले ज्वरोका विरामीलाई नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गर्न अनुरोध गरेको छ ।
कार्यालयमा अहिलेपनि डेंगु परीक्षण किट आइनपुग्दा समस्या भएको र तत्काल प्रदेशबाट झिकाउने काम भएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो । डेंगु परीक्षण गर्ने किट सामुदायिक अस्पतालसँग मात्रै उपलब्ध हुँदा व्यापक मात्रमा जाँच गर्न समस्या भएको पन्तको भनाई छ । डेंगुको लक्षण देखिएकाहरुलाई दुखाई कम गर्ने नाममा कडा औषधी सेवन नगर्न समेत कार्यालयले आग्रह गरेको छ ।