ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकमा मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको छ । शिविर हिजो सम्पन्न भएको हो ।
१३२ जनाको आँखा परीक्षण गरिएकोमा १ जनामा मोतिबिन्दु रोग भएको पुष्टि भएको स्वास्थ्य चौकी केत्तुकेले जनाएको छ । ओखलढुंगा सामुदायिक आँखा केन्द्रले आयोजना गरेको उक्त शिविरमा फेला परेका मोतिबिन्दुका विरामीलाई असोज ५ र ६ गते शल्यक्रिया गर्ने तयारी गरिएको छ ।