ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, भदौ २१ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाबाट कन्ट्रयाक्ट ट्रेसिङ गरेर पठाइएका १ सय ८० जनाकै स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भदौ १८ गते मानेभञ्ज्याङ र हर्कपुरका जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र कन्ट्रयाक्ट ट्रेसिङमा देखिएकाहरुको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो ।
मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यकरत ४ जना प्रहरी र हर्कपुर हेल्थ डेक्समा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङ गरिएको हो । स्वाब पठाइएका १ सय ८० जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिए ।